सेनाले गर्‍यो सकेट बम डिस्पोज

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली सेनाले जुम्लामा सकेट बम डिस्पोज गरेको छ।

सोमबार नेपाली सेनाले तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरको चउरमा सकेट बम डिस्पोज गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल प्रहरीको टोली गस्ती जानेक्रममा सकेट बम फेला परेको थियो।

बम फेला परेपछि सेनालाई बोलाइएको थियो।

बम डिस्पोजल टोली गएर त्यसलाई निष्क्रिय पारेको हो।