पोखरा असार ३० / पोखरा ६ बैदाममा रहेको पूर्खेउली पुन समाजमा सात दिने उदघोषण तालिम सम्पन्न भएको छ । पूर्खेउली पुन समाजको आयोजनामा यहि असार २३ बाट २९ गते सम्म तालिम समाज हल बैदाममा सञ्चालन भएको हो । समाज भित्र रहेका सदश्यहरुको क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरिएको संस्थाका संस्थापक अध्क्षय दुध बहादुर राम्जालीले बताउनुभयो।
तालिममा २० जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण फ्रिडम ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक तथा संचारकर्मी बिनोद पहारीले गर्नुभएको थियो । प्रशिक्षक तथा संचारकर्मी पहारीले तालिममा सिकेका कुराहरुलाई ब्यवाहारमा उर्तान आग्रह गर्नुभएको थियो । तालिम आफुहरुले सोचेभन्दा पनि राम्रो भएको संस्थाका अध्क्षय दुध बहादुर राम्जालीले उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिदै जाने उँहाले बताउनुभयो । यस्तै प्रशिक्षार्थीहरुले तालिमले आत्मविश्वस बढेको र तालिम फलदायी भएको बताएका थिए ।