ट्रायम्फ ब्राण्डको मोटरसाइकल शोरुमको पोखारा शोरुमको उद्घाटन गरिएको छ ।ट्रायम्फले शनिवार पोखराको नयाँबजारमा शोरुमको औपचारिक उद्घाटन गरेको हो । शोरुममो आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोवाइल्स रहेको छ । २ मोडलमा उपलब्ध मोटरसाइकलको हाल बजार मुल्य ट्रायम्फ स्पीड ४०० को ६ लाख ४९ हजार ९ सय र स्क्रयाम्बलर ४०० एक्सको मुल्य ६ लाख ९९ हजार ९ सय रहेको छ।
शोरुमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री थापाले विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको डिलर सञ्चालनले मोटरसाइकल पारखीहरुलाई खरिद गर्न सहज हुने बताए ।इच्छाशक्ति अटोमोवाइल्स कम्पनिका अध्क्षय इच्छामान बुद्धचार्यले नेपालमा ट्रायम्फको विस्तारले बाइकरहरुलाई अन्तराष्ट्रिय मोटरसाइकल सगँ अझ नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने बताए ।इच्छाशक्ति अटोमोवाइल्स कम्पनिका प्रमुख आगोष बुद्धचार्यले स्थानिय ग्राहकबाट प्राप्त सकरात्मक प्रतिक्रियाले खुसि मिलेको बताए ।म्यानेजर सागर थापाले मोटरसाइकल केवल सवारीसाधन मात्रै नभएर निर्भरता,अखण्डता र विश्वासको प्रतिक भएको जनाए ।कार्यक्रममा शेखर गोल्छा ग्रुपका अभिमन्यु गोल्छा, पोखरा उद्योग बार्णिज्य संघका कार्यसमितिका पदाधिकारीहरु, पोखराका उद्योगिहरु लगाएत मोटरसाइकल खरिदकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
