ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए। यसै गरि अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए। निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिन भित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने बताए । पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिएका थिए। सो फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।