संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन !
नेपाली कांग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको आज शनिबार बैठक बसी जिल्ला भरीको संगठन,शशक्त,जिम्मेवार,जनमुखी,उत्तरदायी बनाउने र निरन्तर समन्वयात्मक बैठक बस्ने निर्णय गरियो ! थप निर्णयहरु:-
१,क्रियाशिल सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको समय भित्र मातहत समिती हुदै माग गर्ने र आवश्यक सहयोग गर्ने निर्णय गरियो !
२, नवीकरण लगतै नयाँ क्रियाशिल सदस्यता बितरण हुने हुँदा आवश्यक तयारी सहित सदस्यता लिने चाहनेको बिबरण र अध्ययन समिती निर्माण गर्ने निर्णय गरियो !
३,गठबन्धन सहितको नेपाल सरकार तिनै तहको बजेट निर्माण र घोषणामा रहेको हुँदा सरकार लाई जनमुखी, नागारिकमैत्री, आवश्यकता अनुसारको बिकासप्रेमी बजेट ल्याई सुशासनमैत्री ,भ्रष्टाचार बिरोधि कार्य गर्न निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय गरिएको नेका कास्की -३ का क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिनु भयो !
साथै तत्काल बजेट, क्रियाशिल सदस्य र भातृसस्था बारे तिनै क्षेत्रमा भेलाहरु आयोजन गर्ने कास्की क्षेत्र न- १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले बताउनु भयो !
जिल्लामा संगठन बलियो बनाउने भातृसस्था हरुको बिबाद समाधान गर्न तर्फ क्षेत्रीय समिती सक्रियता पुर्बक लाग्ने र छिट्टै घुम्ती बैठकका रुपमा अर्को कास्कीका तिनै क्षेत्र, महानगर समिती र पालिका समितीको बैठक आयोजना गरिने कास्की क्षेत्र न -३ काक्षेत्रीय सभापति केशर प्रसाद निर्दोशीले बताउनु भयो !
बैठकमा सहभागीहरु
===========
१, राजेन्द्रमणि लामिछाने क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- १
२, केशर प्रसाद निर्दोषी क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न-२
३, मनोज गुरुङ क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- ३
४, कृष्ण प्रसाद कोईराला सभापति प्रदेशसभा १ ख कास्की ( क्षेत्रीय
उपसभापति कास्की १)
५, दिपेन्द्र मर्शानी सभापति प्रदेशसभा २ ख कास्की (क्षेत्रीय उपसभापति कास्की २ ,वडा अध्यक्ष पोखरा -९)
६, सरोज केसी क्षेत्रीय सचिब कास्की
क्षेत्र न-१
७, देबकृष्ण पराजुली क्षेत्रीय सचिब कास्की क्षेत्र न -२ वडा अध्यक्ष पोखरा -४
८,भावाना श्रेष्ठ क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२ एवं जनप्रतिनिधि पोखरा महानगर
९,बिश्वराज आचार्य क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२
१०,ललित कुँवर क्षेत्रीय कोषाध्यक्ष कास्की क्षेत्र न-२