नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन्।

मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्।

गृह मन्त्रालयमा आईजीपी डा. केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने र मन्त्रालयका तर्फबाट आवश्यक निर्देशन दिने तयारी छ। गृह मन्त्रालयको कार्यक्रमपछि उनी नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

यसअघि बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा पदस्थापन गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई संगठनको ३४औं प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।