पोखरामा गरिबी निवारणका लागि सीपमूलक तालिम प्रभावकारी, नयाँ उद्यमीहरू लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत विभिन्न सीपमूलक कार्यक्रमहरू प्रभावकारी बन्दै गइरहेका छन् ।

कार्यक्रम अन्तरगत पोखरा महानगरपालिकाको वडा नं.१७ बिरौटामा नयाँ उद्यमीहरूका लागि ३ महिने सिलाइकटाई र महतगौडामा १५ दिने बासको सजावटका सामाग्रीहरू बनाउने तालिम सम्पन्न भएको गरिएको छ । सहभागीहरूलाई पोखरा महानगरपालिका वडा नं.१७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी र महानगरपालिकाका अधिकृत अनिल कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यस्तै पोखरा महानगरपालिका वडा नं.३३ बाघमारामा लेडिज चप्पल बनाउने तालिम सुरु गरिएको छ । २० दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय महिलाहरूको सहभागिता रहेको छ । कम आय भएका गृहिणी महिलाहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरू प्रदान गरी सञ्चालन गरिएका यस प्रकार कार्यक्रमहरू प्रभावकारी बन्दै गएका छन् ।

यसले उनीहरूमा आत्मनिर्भरता र सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।