लुक्ला उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लुक्ला उडेको समिट एयरको ट्वीनअटर जहाज पुनः काठमाडौं फर्किएको छ।

सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७:२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।

‘इन्जिनमा समस्या आएपछि फेरि काठमाडौं डाइभर्ट गरिएको थियो। विमानस्थलमा सुरक्षित अवतरण भयो,’ शेर्पाले भने।जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु थिए। यात्रुहरू सबै सुरक्षित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।