राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले  यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले दिउँसो तीन बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री गुरुङले बताए ।

बैठकले मन्त्री, सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेका उनले बताए । बैठकमा शिक्षक आन्दोलनको विषयमा समान्य छलफल भएको उनको भनाइ छ ।

उनले शिक्षकहरुको मागको विषयमा निरन्तर छलफल भइरहेको भन्दै आगामी बुधबारसम्म समस्या समाधान हुने बताए