राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको अन्तिम तयारीमा पुगेका छन्। दुवैले साउन २८ गते ‘जय नेपाल पार्टी’ घोषणा गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्।
पार्टीको अध्यक्षमा राणा रहनेछन् भने प्रसाईंलाई सर्वोच्च नेता बनाउने सहमति भइसकेको छ। पार्टीको संगठनात्मक संरचना र अन्य एजेन्डा भने घोषणा कै दिन सार्वजनिक गरिने जनाइएको छ।
राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए। त्यसपछि जेठ २२ गते प्रसाईंसँग नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको थियो। त्यसयता दुवै जना नयाँ दलको तयारीमा जुटेका थिए।