कप्तानगञ्ज घटना: दोषीलाई कारबाही र मृतकलाई शहीद घोषणाको माग गर्दै कांग्रेसद्वारा आन्दोलनको चेतावनी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुनसरीको देवानगञ्ज वडा नं.३ को कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि कारबही गर्नुपर्ने र मृतकलाई शहीद घोषणा नगरे नेपाली कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको छ।

नेपाली कांग्रेस सुनसरीले बुधबार जिल्ला पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि घटना भएको दस दिन वित्दा पनि दोषी कोही पक्राउ नपरेको जनाउँदै कांग्रेसले आन्दोलन चर्काउने जनाएको हो ।

कांग्रेस जिल्ला सभापति केदार भण्डारीले युवालाई गोली प्रहार गर्नेसहित घटनामा संलग्न सवैलाई कानुनी दायरामा अबिलम्ब ल्याउनुपर्ने बताए । कप्तानगञ्ज घटनामा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक मंगलबार मृत्यु भएका रविन्द्र मेहताको शव आफन्तले बुझ्न मानेका छैनन् ।

दोषीलाई कारबाही नगरेसम्म शव नबुझने मृतक रवीन्द्रका आफन्तले अडान लिएका छन् । यसअघि साउन १६ गते मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दाहसंस्कार भएको थियो ।

कप्तानगञ्जबाट सुरु भएको आन्दोलनका कारण सुनसरी र सिरहामा गरी चार जनाको मृत्यु भएकाे थियो।