आगोका लप्का हौँ हामी सबै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आगोका लप्का हौँ हामी सबैमेक्सिकोको चियापासमा जन्मेकी मिकेयास् सान्चेज रैथाने भाषा ‘जोक’ मा सृजनारत कवि हुन् । ‘हाउ टु वि अ गुड स्याभेज एण्ड अदर पोयमस्’ कविता संग्रह छ उनको । लेखन, अनुवाद र अभियानमा बराबर संलग्न उनी स्पेनी भाषाको दवदवामाझ रैथाने भाषाहरू मर्दै गएकोमा भाषिक पुनर्जागरणमा केन्द्रित छिन् । उनै सान्चेजको कवितालाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन् गणेश खनियाले । रातोपाटीको साताको कवितामा यस पटक मेक्सीकोको कविता–तिम्रो अस्तित्वमाथि कहिल्यै शङ्का गर्ने छैन ।न्यान्सी मोरेजों कसैलाई थाहा छैन उनीहरूको नामन त कसैले सुन्छ सीमा खुलाउन गरिएका उनीहरूका याचना

न स्वर्गमा न त नरकमै ।

बटुवाका निम्ति उनीहरू हुन फगत काला मान्छे

भर्खरै बार्सिलोना आइपुगेका

छैन कुनै रोजगारी

न त जान्दछन् स्पेनी भाषा

बेस्सरी चिच्याउँछन् बेच्नका लागि सस्ता सामान

प्रदर्शनीमा छन् उनीहरूका भोक र आक्रोश

उत्सुक पर्यटकका आँखैअघि

 

ईश्वर त छ उनीहरूको पनि

ईश्वर छ मेरो पनि

तर अफसोस छ मलाई उनीहरूको दुर्भाग्यप्रति

स्पेनी पुलिसले खेदाउँदै

उनीहरूलाई पुर्‍याउँछ जेल

चोर र हत्याराहरूसँगै

कोचिन्छन् उनीहरू जेलमा

कहिले काहीँ पुग्छु म बार्सिलोना

वा अन्य सहरको छेउछाउ

अनि देख्छु ती सबै काला मान्छेहरू

भूँईमा सेतो सिरक फिँजाइ बसेका

मानौँ चाँडै तिनीहरू पुग्नेछन् समुद्रमा

 

सपनाको देश खोज्दै

मृगतृष्णा बनेको भूगोल खोज्दै

निरन्तर प्रवाहमान छ उनीहरूको नियति

आफ्नै धड्कनको पानीजहाजमा पौडदै

धारिला चट्टानमाथि परित्यक्त बाँच्दै

आर्त चराजस्तै छ हरेकजन जहाँ

तर छ ईश्वर उनीहरूको त्यहाँ

अनि उनीहरू नजिकिन्छन् एकार्काको

बालकको जस्तो विश्वास बोकेर

केवल आत्महत्याको अपेक्षामा

त्यसैले त वर्षात्को बेला पनि

गाउँदै छन् उनीहरू दुर्गतिको गीत

 

अनि मतलब छैन कसैलाई पनि रङ्गिन सहरको

जसले उनीहरूको नामसम्म उच्चारण गर्न सक्दैन

किनकि उनीहरूको ईश्वरमा त

सिउँडीको झलक पाइन्छ

ईथर र एक्लोपनको आभास मिल्छ

अनि हरेकसँग छ सेतो सिरक

जुन सजिलै खुल्छ अनि बन्द हुन्छ

चिच्याउँदै बेच्नका लागि सस्ता सामान

भोकाएकालाई बचाउन

 

त्यो सिरक पट्ट्याएर बाँध्न सकिन्छ

ताकि उनीहरू दौडन सकुन् तीव्र गतिमा

सुरक्षाकर्मीबाट धेरै टाढा

नरसंहारबाट धेरै टाढा

अनि अन्ध ईश्वरबाट धेरै टाढा ।