Good Work: नेपाल आयल निगमले आज काठमाडौँ उपत्यकामा ७ वटा कम्पनीका २८,०००+ सिलिण्डर ग्याँस बिक्री वितरण गर्ने बताएको छ ।
Emotional Moment as GenZ Sahid Rashik Khadiwada’s mother Rachana meets Sudan Gurung. Sudan was there during all Sahid Family’s difficult times.
पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]
अवरोध गरिएको क्षेप्यास्त्रको भग्नावशेष खस्दा युएईमा एक जनाको मृत्यु

आबुधाबीमा अवरोध गरिएको मिसाइलका टुक्रा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार संयुक्त अरब इमिरेट्सको राजधानीस्थित बनियास क्षेत्रमा खसेको मिसाइलको भग्नावशेष लागेर एक पाकिस्तानी नागरिकको ज्यान गएको हो । युएईमा मंगलबारदेखि लगातार सुरक्षा चुनौती देखिएको छ । रिपोर्टहरूका अनुसार अबुधाबी बाहिरको विशाल शाह ग्यास क्षेत्र र फुजैराह तेल उद्योग क्षेत्रमा ड्रोन […]
जेनजी आन्दोलनले मुलुकको निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

सरकारले गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका कारण मुलुकको निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकाल्दै विशेष राहत र पुनर्निर्माण कार्ययोजना सार्वजनिक गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा व्यापक भौतिक क्षति भएपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनर्व्यवस्थापन सम्बन्धी विस्तृत प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। कोभिड–१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य […]
राष्ट्रिय सभामा सिफारिस भएपछि गृहमन्त्रीको प्रतिक्रिया- ‘विवाद गर्नुपर्ने केही छैन’

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभा सदस्यमा आफ्नो मनोनयनको सिफारिसलाई लिएर विवाद गर्नुपर्ने केही नरहेकाे प्रतिकिया दिएका छन्। सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले आफ्नो नियुक्तिको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरे। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यसअघि मन्त्री अर्यालले […]
लामिछानेविरुद्धको अभियोग फिर्ता विवाद : आज पनि सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ हुँदै आएको छ। आइतबार र सोमबार बहस नसकिएपछि रिट […]
दुई घण्टापछि खुल्यो यूएईको आकाश मार्ग

संयुक्त अरब इमिरेट्स (यूएई)ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो । यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा […]
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई खोप लगाइएको हो । ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा सङ्क्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । गत […]
क्युबामा मैले चाहेको गर्न सक्छु: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाप्रति आक्रामक अभिव्यक्ति दिँदै आफूले उक्त देशमा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भविष्यमा क्युबामाथि कडा कदम चाल्न सक्ने संकेत दिए । ‘म त्यसलाई मुक्त गरूँ वा लिऊँ—म जे चाहे त्यही गर्न सक्छु,’ उनले भने । अमेरिकी प्रतिबन्धका […]