विभागले तीन कम्पनीलाई गऱ्यो जरिवानाअनुगमन गर्दा अनियमितता भेटिएपछि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा अनियमितता भेटेपछि मंगलबार ३ वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत काम गरेको पाइएपछि कारबाही गरेको विभागले जनाएको छ।

विभागका अनुसार अनुगमनका क्रममा ३ वटा व्यवसायिक फर्मलाई कुल ३० हजार रूपैयाँ जरिवाना गरिएको छ।

महालक्ष्मी नगरपालिका–७, चांगाथलीस्थित एकतामान स्टोरलाई १० हजार रूपैयाँ, काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित किराना घर ट्रेड एन्ड सप्लायर्सलाई पाँच हजार रूपैयाँ तथा सोही क्षेत्रकै गणपति ट्रेड सप्लायर्सलाई पाँच हजार रूपैयाँ जरिवाना गरिएको हो।

यस्तै, अन्य १९ वटा व्यवसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐनअनुसार सुधार गर्न सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

IMG_0843-1773751565.jpeg