प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् । उनको साथबाट १० लाख नगद बरामद गरेर थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए ।