पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० नेता रोशन पोखरेलले जनाकारी दिए । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।
रोहितले क्यानडाविरुद्ध नखेल्ने

कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपको दोस्रो वार्म अप खेलमा क्यानडाविरुद्ध नखेल्ने भएका छन् । नेपाल र क्यानडाबिचको दोस्रो खेल चेन्नईमा हुँदै छ । यसअघि यही मैदानमा नेपालले युएईलाई हराएको थियो । तर, प्रतियोगिताको उद्घाटनअघि प्रि म्याच कन्फेरेन्समा सहभागी हुनुपर्ने भएपछि रोहितले दोस्रो खेल छुटाउने भएका हुन् । प्रि म्याच कन्फेरेन्स मुम्बईको वानखेडे रंगशालामा हुँदै […]
तत्कालीन न्यायाधीश अधिकारीले पुनर्बहालीको माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै

न्याय परिषद्को सिफारिसमा तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पटक पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब […]
म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान […]
उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित पार्टी हो : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरेका हुन् । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको […]
बहुवर्षीय आयोजनाको स्रोत सहमतिमा नयाँ मापदण्ड जारीः मङ्सिर १५ भित्रै सिफारिस गरिसक्नुपर्ने

सरकारले बजेट अनुशासन कायम गर्न र विकास आयोजनाहरूको कार्यान्वयन प्रक्रियालाई थप व्यवस्थित बनाउन बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८२ जारी गरेको छ । अर्थ मन्त्रालयले पुरानो मापदण्ड,२०८१ लाई खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको हो । नयाँ मापदण्डले बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि समयसीमा (डेडलाइन) तोकेको छ । अब नयाँ मापदण्ड अनुसार राष्ट्रिय योजना […]
भोजपुरमा करिब चौध सय किशोरीलाई एचपीभी खोप लगाइँदै

भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन् । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान […]
‘बिगुलले निर्वाचनमा असल नेतृत्व छनाेट गर्न सिकाउँछ’

नेपाली कांग्रेस नेता दिनेश कोइरालाको निर्माण रहेको फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मले राजनीतिक चेतना र सुशासनको मुद्दालाई मुख्य विषय बनाएको छ । कोइराला पनि राजनीतिक चेतना र राज्यको नीतिका बारेमा नागरिकलाई सुसूचित गराउने प्रयासको रुपमा फिल्म ‘बिगुल’ निर्माण गरिएको बताउँछन् । ‘राज्यको नीति सही भए मात्र जनताले फाइदा पाउने […]