कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपको दोस्रो वार्म अप खेलमा क्यानडाविरुद्ध नखेल्ने भएका छन् । नेपाल र क्यानडाबिचको दोस्रो खेल चेन्नईमा हुँदै छ । यसअघि यही मैदानमा नेपालले युएईलाई हराएको थियो ।
तर, प्रतियोगिताको उद्घाटनअघि प्रि म्याच कन्फेरेन्समा सहभागी हुनुपर्ने भएपछि रोहितले दोस्रो खेल छुटाउने भएका हुन् । प्रि म्याच कन्फेरेन्स मुम्बईको वानखेडे रंगशालामा हुँदै छ । रोहित मुम्बई आइपुगेका छन् । नेपाली टिम भने आजको खेल सम्पन्न भएपछि मुम्बई आउनेछ ।
यता, सोही समयमा अर्को आयोजक श्रीलंकामा पनि प्रि म्याच हुने कार्यक्रम रहेको छ ।