आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यसचिव डा. विकास देवकोटालाई बोलाएर प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरूको मागबारे जानकारी लिएको र तिनको समस्या तत्काल सम्बोधन हुने गरी आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत आफ्नै काँधमा भएकी प्रधानमन्त्री कार्कीले नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित […]

‎हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीनजना घाइते

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस बिहीबार दिउँसो करिब १२ बजे अनियन्त्रित भएर कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। ‎दुर्घटनामा तीनजना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका– का १८ वर्षीय विशाल विक, […]

ललितपुरको धौगलबाट ५० किलोभन्दा बढी चाँदी बरामद

ललितपुरबाट सशस्त्र प्रहरीले  ५० के.जी. भन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। विगत केही वर्षदेखि चाँदीका गरगहना कारोवार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षिय अभिषेख शेख  ललितपुर महानगरपालिका–१६ धौगलबाट बिहीबार पक्राउ परेका हुन्। उनले भारतबाट अवैध रुपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आइरहेको भन्ने  सशस्त्र प्रहरी बल नेपाल […]

मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्छः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बिहीबार उनले अन्य पार्टीहरूसमेत मंसिरभित्रै महाधिवेशनमा जुटेको उदारण दिँदै कांग्रेसले मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका हुन्। बैठकमा उनले भने, ‘आज कुरा उठेको छ, कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर। कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देशभित्र र बाहिरका […]

ओली नेतृत्वकाे सरकारले नियुक्त गरेका चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य […]

निर्वाचन बिथोल्न केही तत्व सक्रिय छन्: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ। जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाई-बुझाई गर्ने बताउनुभयो । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाइ छ। वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष […]

एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने

नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। ‘अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,’ ट्रम्पले पत्रकारहरूसँग भने। उनले लामो समयदेखि भारतको […]

अभियन्ता ‘ई’ लाई बालेनले भने- ‘तपाईं प्रधानमन्त्री बन्नुस्, म कार्यकर्ता बन्छु’

सामाजिक अभियन्ता ‘ई’ (इः) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ। अभियन्ता ‘ई’ ले मेयर शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै एक पोस्ट गरेपछि मेयर शाहले त्यसको जवाफ फर्काएका हुन्। अभियान्ता ‘ई’ ले मध्यरातमा फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेन शाह, केपी […]

ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकपछि बलरहरूको सामूहिक उत्कृष्ट प्रदर्शनमा नेपालले प्रतियोगितामा लगातार चौथो जित निकाल्दै सुपर सिक्सको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर […]