नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बिहीबार उनले अन्य पार्टीहरूसमेत मंसिरभित्रै महाधिवेशनमा जुटेको उदारण दिँदै कांग्रेसले मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
बैठकमा उनले भने, ‘आज कुरा उठेको छ, कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर। कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देशभित्र र बाहिरका हाम्रा शुभचिन्तकहरू मात्र छैनन्, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरूले पनि हाम्रा भावी कदमबारे आँखा लगाएर हेरिरहेका छन्। अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ। त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरूमाझ भन्न चाहन्छु ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औँ महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।’
यस्तो छ बैठकमा उनले राखेको धारणाः


