‎हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीनजना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस बिहीबार दिउँसो करिब १२ बजे अनियन्त्रित भएर कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो।

‎दुर्घटनामा तीनजना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका– का १८ वर्षीय विशाल विक, दैलेख जिल्ला दुल्लु नगरपालिका– २ की दीपा सोनाम र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका– ६ की ४५ वर्षीया प्रेमकला दमाईं रहेका  छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ।

बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका– ११ का दीपक विक रहेकाे प्रहरी चौकी जुड्डीका प्रमुख रमेश रावले  बताए । उनका अनुसार बसमा २३ जना यात्रु सवार थिए।