काठमाडौंको कोटेश्वर-तीनकुने अब ‘जेनजी चोक’

काठमाडौंको कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेनजी चोक घोषणा गरिएको छ। जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले आइतबार चोकमा सार्वजनिक कार्यक्रम गरी चोकको नाम जेनजी चोक घोषणा गरेका हुन्। रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी भन्ने नाराका साथ चोक घोषणा गरिएको हो। घोषणासँंगै चोकमा एउटा साइनबोर्ड पनि ठड्याइएको छ। साइनबोर्ड तीनकुने जस्तै त्रिकोणात्मक आकारमा […]
बालेनले भने- ४५ वर्षको हुनुभयो ?आउनुहोस् महानगरको विकासमा हातेमालो गरौं

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सेवानिवृत्त व्यक्तिहरूको ज्ञान, सीप र अनुभवलाई महानगरको विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर’ कार्यक्रमको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै प्रमुख साहले ४५ वर्ष पूरा भई जागिर वा व्यवसायबाट अवकाश लिएका इच्छुक व्यक्तिहरूलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका हुन्। ‘तपाईं ४५ वर्ष पूरा हुनुभयो ? […]
ललितपुर महानगरले बनाउने भयो साइकल गुडाउने आकाशे पुल

ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ। आइतबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण भएको बताउँदै त्यो जोखिम घटाउन आकाशे पुल निर्माण गर्न लागेको बताए । उनले भने, ‘सडक सुरक्षित नभएका कारण एक दर्जनभन्दा बढीको […]
कराँते खेलाडी एरिका सम्मानित

नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ। संघले आइतबार भृकुटीमन्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार ५५५ रूपैयाँसहित सम्मान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्। एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न […]
१ लाख बराबरको पटका बरामद

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १ लाख ७ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका बरामद गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले आइतबार दिउँसो वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको बसलाई जाँच गर्दा डिक्की भित्र लुकाई छिपाई राखेको उक्त पटका फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
पाकिस्तानी र तालिबानी सेनाबीच सीमानामा गोली हानाहान

पाकिस्तान र अफगानिस्तानबीच सीमानामा भीषण गोलीबारी भएको छ। शनिबार राति सीमावर्ती क्षेत्रहरू खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड जस्ता सीमावर्ती क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अफगान तालिबानले सीमानामा रहेका पाकिस्तानी चौकीहरुमा आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। […]
वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्टमा पनि भारत नै बलियो

आयोजक भारतले दिल्लीमा चलिरहेको दोस्रो टेस्टमा पनि वेस्ट इन्डिजविरुद्ध सानदार सुरुवात गरेको छ । भारतले कमजोर देखिएको वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्ट पनि सहजै जित्ने संकेत गरेको छ । दोस्रो दिन वेस्ट इन्डिजले ब्याटिङ सुरु गरेको छ । यद्यपि, टोलीको प्रदर्शन निकै कमजोर रहयो । लगातार विकेट गुमाएको छ । दोस्रो दिनको खेल सकिँदा भारत तीन सय ७८ रनले अगाडि छ । […]
गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजीलाई शिक्षामन्त्री पुनको सुझाव

शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘…मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई […]
अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। अमेरिकास्थित बीबीसीका साझेदार सीबीएससँग कुरा गर्दै शहरका मेयर जोन लीले बताए अनुसार, राज्यको राजधानी ज्याक्सनदेखि करिब १२० किलोमिटर उत्तर–पूर्वमा पर्ने लेल्यान्ड सहरको मुख्य सडकमा मध्यराततिर गोलीबारी भएको हो। उनका अनुसार, चार घाइतेलाई एयरलिफ्ट […]
जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न ले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत जग्गाधनीसँग रहेका कागजातका […]