प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १ लाख ७ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले आइतबार दिउँसो वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको बसलाई जाँच गर्दा डिक्की भित्र लुकाई छिपाई राखेको उक्त पटका फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।