दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा : मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

पोखरा जेष्ठ १७/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार […]
पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम

पोखरा जेठ १७/ पोखराको नदिपुर ३ भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा भएको पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ । शनिवार भएको फाइनल खेलमा गलेश्वर लाई हराउदै बेनपाले छात्र तर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए। उपाधि सगैँ बेनपाले नगद २० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र […]
“फेवा ताल हाम्रो शान” – मेयरको पहललाई अध्यक्ष प्रेम थापाले भने धन्यवाद

पोखरा, – सर्वोच्च अदालतको आदेशअनुसार सुरु गरिएको फेवा ताल सीमांकन कार्यप्रति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई विशेष धन्यवाद दिएको छ। महानगर कमिटीका अध्यक्ष प्रेम थापाले भनेका छन्, “फेवा ताल हाम्रो शान हो, यसको रक्षा हाम्रो पहिचान हो। यसको संरक्षणमा मेयर आचार्यले देखाउनुभएको प्रतिबद्धता, साहस र दूरदृष्टिपूर्ण नेतृत्व […]
रामपुर नगरपालिकाका किसानलाई सहुलियतमा धानको बीउ

सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ । कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात […]

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को विधान संशोधन प्रस्ताव दर्ता भएको छ । शनिबार बसेको महाधिवेशन आयोजक समिति समक्ष केन्द्रीय सचिव डीपी थपलिया (आक्रोश) ले संशोधन प्रस्ताव दर्ता गरेका हुन् । वाईसीएलको तेस्रो महाधिवेशन उद्घाटनको अघिल्लो दिन विधान संशोधनको प्रस्ताव दर्ता भएको हो । थपलियाले विभिन्न १० वटा बुँदामा संशोधन प्रस्ताव […]
“विश्वप्रसिद्ध फेवातालको संरक्षणमा सकारात्मक थालनी” – नेकपा (विप्लव सि) कास्की सचिव उमेश सी.के.

पोखरा, – “फेवाताल नेपालमा मात्र होइन, विश्वमै प्रख्यात ताल हो। यसको संरक्षण अत्यन्त जरुरी छ। ढिलो भए पनि आज शुरू भएको सीमांकन कार्यले सकारात्मक संकेत दिएको छ,”नेपाल कम्युनिष्ट पार्टी (विप्लव सि) कास्कीका सचिव उमेश सी.के.ले फेवातालको सीमांकन कार्यको औपचारिक सुरुआतप्रति प्रतिक्रिया दिँदै भन्नुभयो। उहाँका अनुसार जनभावना, पर्यावरणीय पक्ष र पोखराको पर्यटन महत्वलाई ध्यानमा राख्दै ताल […]
प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता अर्को साता

१७ जेठ, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेन गर्दै शारीरिक सुगठन प्रतियोगिता यही जेठ २४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने जानकारी दिएको हो । यसअघि तीन संस्करण साइकिलङ प्रतियोगिता आयोजना गरेको […]
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

यतिबेला कर्णालीका हिमाली गाउँहरू सुनसान छन् । विद्यालयहरू बन्द गरिएको छ भने पशुचौपाया समेत गाउँमा भेटिन छाडेका छन् । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, हुम्ला र मुगु लगायत हिमाली जिल्लाहरूका नागरिक यार्सा गुम्बा सङ्कलनका लागि हिमाल उक्लिएपछि गाउँहरू रित्तिएका हुन् । जाजरकोट र रुकुम पश्चिमका माथिल्लो क्षेत्रका युवाहरू समेत यार्सा सङ्कलन गर्न डोल्पाली पाटनहरूमा जाने गरेका […]
फेवातालको सीमांकन कार्य सुरु: तीन तहका सरकारको संयुक्त पहलमा पिलर गाडियो

पोखरा, – फेवातालको संरक्षणका लागि बहुप्रतीक्षित सीमांकन कार्य आजदेखि विधिवत् रूपमा सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखर महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा फेवातालको तालघर क्षेत्रमा सीमा स्तम्भ राख्ने कार्यको शुभारम्भ गर्नुभएको छ। शनिबार वाराही घाट, लेकसाइडमा आयोजित कार्यक्रममा तीनवटै तहका सरकारका प्रतिनिधि र सरोकारवालाहरूको […]
राजावादी आन्दोलनलाई सरकारले निषेध: सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्टद्वारा कडा आपत्ति

पोखरा, – राजावादीहरूको पूर्वनिर्धारित आन्दोलनलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेर दमन गर्न खोजेको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमा देवी बिष्टले कडा आपत्ति व्यक्त गरेकी छिन्। संयुक्त जनआन्दोलन समितिले जेठ १७ गतेका लागि तोकेको काठमाडौंको मुटु दरबारमार्गमाथिको आन्दोलनलाई सरकारले एकाएक निषेधित क्षेत्र घोषणा गरेपछि सरकारको नियतमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। माननीय बिष्टले सरकारको […]