Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को विधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

शनिबार बसेको महाधिवेशन आयोजक समिति समक्ष केन्द्रीय सचिव डीपी थपलिया (आक्रोश) ले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

वाईसीएलको तेस्रो महाधिवेशन उद्घाटनको अघिल्लो दिन विधान संशोधनको प्रस्ताव दर्ता भएको हो ।

थपलियाले विभिन्न १० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संशोधन प्रस्तावको पहिलो बुँदामा नै उनले अध्यक्षको कार्यकाल (विशिष्ट परिस्थिति बाहेक) १ वर्षको, पदाधिकारीका लागि १ पद १ कार्यकाल र संगठनलाई प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ लैजानुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, केन्द्रीय कमिटी १ पद २ कार्यकाल हुनुपर्ने प्रस्ताव उनले गरेका छन् ।

कार्यकाल समाप्त भई सम्मेलन नहुँदा स्वतः आयोजक समितिमा रूपान्तरण हुने प्रावधान राखिनुपर्ने थपलियाको अर्को प्रस्ताव छ ।

आयोजक समितिले तोकिएको आयोजक समितिको संयोजक तोक्नुपर्ने अर्को प्रस्तावमा उल्लेख छ ।

संगठनको विशिष्टतालाई ध्यानमा राख्दै हालको १६–४० वर्षको सीमा हटाई उमेर खुला गर्नुपर्ने पनि प्रस्तावमा छ ।

ताजा सूचना