पोखरा जेठ १७/ पोखराको नदिपुर ३ भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा भएको पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ । शनिवार भएको फाइनल खेलमा गलेश्वर लाई हराउदै बेनपाले छात्र तर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए। उपाधि सगैँ बेनपाले नगद २० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको गलेश्वरले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै छात्रा तर्फको उपाधि माउन्ट अन्नपूर्ण माबि (मास)ले मर्दिखोलालाई हराएर उपाधि जित्न सफल भएको छ । उपाधि सगैँ मासले नगद १५ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्दा मर्दिखोलाले नगद ८ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको हो । यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल छात्रको तर्फ एलोन शेरपुर्जा हुदा छात्रा तर्फ सोयक्षा पुन बन्न सफल भइन भने हाइस्कोरर छात्र तर्फ इन्द्र पुन भए भने छात्रा तर्फ आयुमी बाटाजुले जित्न सफल भइन् । मष्ट भ्यालुएबल छात्र,छात्राले दुई,दुई हजार प्राप्त गर्दा हाइस्कोरर छात्र,छात्राले एक,एक हजार रुपैँया प्राप्त गरे । समापन कार्यक्रमको अवसरमा बौल्दै पोखरा महानगरपालिका ३ का वडा अध्क्षय प्रकासमान उदासले शैक्षिक क्षेत्रमा बिद्यालयले गरेका काम उदाहरणिय भएको बताउदै वडाको तर्फबाट आगामि दिनहरुमा सहकार्य गरेर अगाडि बढन् तयार रहेको बताए।
बिद्यालयका अध्क्षय सुरज प्रधानाङले विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरि बिद्यालयले खेलाडि उत्पादनमा महत्वपूर्ण भमिका खेलेको बताए।प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बिद्यालयले शिक्षाको क्षेत्रमा गरेका कामको चर्चा गर्दै शैक्षिक क्रियाकलाप सगैँ खेलकुदको क्षेत्रमा बिद्यालय सधै अगाडि रहेको बताए ।बिद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तेज बहादुर गुरुङले बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय भएको बताए । उनले एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्धेश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको बताउदै बिद्यालयले कितावि ज्ञान सगैँ अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आइरहको जनाए।
कार्यक्रममा पुर्व अध्यक्ष चिज काजी गुरुङ, निर्देशक चित्र गुरुङ,प्रोमोटर झम गुरुङ,समाजसेवी भूपालजङ कुवँर,नेपाल भुतपूर्व खेलाडि मञ्चका अध्क्षय दिल बहादुर गुरुङ लगाएत वडा ३ मा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कुल २० टिमको सहभागिता रहेको प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसै बिच बिद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपको पनि समापन गरेको छ । होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराइएको वर्कसपमा १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।