गरिब तथा विपन्न विद्यार्थीलाई मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा शैक्षिक सामग्री वितरण

मदन भण्डारी फाउन्डेसन कास्कीले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय ड्रेस, कपी, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको छ। फाउन्डेसनका अध्यक्ष माधव वास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हाललाई १५ जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ भने बाँकी ७० जनालाई केही दिनभित्रै वितरण गरिने जानकारी अभियान संयोजक रमेश भण्डारीले दिएका छन्। कार्यक्रममा विद्यार्थीका […]
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू

नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय […]
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए

सरकारसँग छलफल गर्न गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको टोलीलाई बोलाएको थियो । सोही आधारमा वार्ताका लागि सिंहदरबार पुगेको महासंघको टोली गेटमा रोकिएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वार्ताका लागि बोलाएको तर, गेटबाट भित्र छिर्न नदिएको बताए । […]
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट समय लिएर प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने बताएका हुन् । ‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ,’ […]
म्याग्दीका विमल बङ्गुर पालेर स्वरोजगार बन्दै

बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘कुखुरापालनमा असफल भएपछि चार वर्षअघि १५ लाख रुपैयाँ लगानीमा बीएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको […]
नेबि संघका नेता – कार्यकर्ताहरुद्वारा प्रम निवास अगाडि प्रधानमन्त्रीबिरुद्ध नाराबाजी : केन्द्रीय सदस्यसहित आठजना पक्राउ

पोखरा, १२ बैशाख २०८२। प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने आठ जना नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ पक्राउ नेपाल विद्यार्थी संघका नेताहरूमा केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष […]
सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले चालकलाई बुटैबुटले हानेको भिडियो बन्यो भाइरल: चार ट्राफिकको खोसियो जिम्मेवारी

पोखरा, १२ बैशाख २०८२। सामाजिक संजालमा यतिबेला ट्राफिक प्रहरीले एक जना सर्वसाधारण चालकलाई मरणासन्न हुने गरी बुटैबुटले हानेको भिडियो भाइरल बनिरहेको छ। २०८१ मंसिर २३ गते काठमाण्डौको सुन्धारा आकाशे पुलमुनि भएको ठानिएको उक्त भिडियो यति बेला सामाजिक संजालाहरुमा भाइरल बनिरहेको हो। उक्त भिडियो भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक प्रेस बिज्ञप्ति जारी गरेर […]
भारतीय सीमा सुरक्षा बलका जवान पाकिस्तानी सैनिकको नियन्त्रणमा

भारतको जम्मु कश्मिरस्थित पहलगाम आतंकवादी हमलाले हल्लाखल्ला मच्चाई रहेका बेला पाकि(स्तानी सैनिकले पन्जाबको भारत-पाकिस्तान सीमामा एक जना सीमा सुरक्षा बल (बीएसएफ) जवानलाई नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा बल (बीएसएफ) जवान पीके सिंहलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको हो। भारतको कोलकाताको हुगली जिल्लाका बासिन्दा जवान पीके सिंहलाई अझै रिहा गरिएको छैन। बीएसएफका अधिकारीहरू पाकिस्तानी रेन्जरहरूसँग निरन्तर सम्पर्कमा […]
जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला

पोखरा, १२ वैशाख/ जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले क्याम्पसमा कार्यरत प्राध्यापकहरू प्रविधिमा दक्ष हुँदा विद्यार्थी वर्ग लाभान्वित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । […]