भारतीय सीमा सुरक्षा बलका जवान पाकिस्तानी सैनिकको नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको जम्मु कश्मिरस्थित पहलगाम आतंकवादी हमलाले हल्लाखल्ला मच्चाई रहेका बेला पाकि(स्तानी सैनिकले पन्जाबको भारत-पाकिस्तान सीमामा एक जना सीमा सुरक्षा बल (बीएसएफ) जवानलाई नियन्त्रणमा लिएको छ।

सीमा सुरक्षा बल (बीएसएफ) जवान पीके सिंहलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको हो। भारतको कोलकाताको हुगली जिल्लाका बासिन्दा जवान पीके सिंहलाई अझै रिहा गरिएको छैन। बीएसएफका अधिकारीहरू पाकिस्तानी रेन्जरहरूसँग निरन्तर सम्पर्कमा रहेको समाचार एजेन्सीहरुले जानकारी दिएका छन्।

पाकिस्तानी मिडियाले पाकिस्तानी सैनिकको नियन्त्रणमा रहेका बीएसएफ जवान पीके सिंहका दुई तस्बिर जारी गरेको छ। एउटा तस्बिरमा आँखामा पट्टी बाँधिएको छ भने अर्को तस्बिरमा एक बीएसएफ जवान एके-४७ र पानीको बोतल लिएर उभिरहेका छन्।

यसैबीच जम्मु-कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच पछिल्लो २४ घण्टामा मुठभेड जारी छ। यसमा एक जना सेनाका जवान मारिएको र सुरक्षा बलले आतंककारीका चार सहयोगीलाई पक्राउ गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।