‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट समय लिएर प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने बताएका हुन् । ‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ,’ घिमिरेले भने ।

घिमिरेले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताउँदै आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको बताए ।उनले जिडिपीको ४०÷ ४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुने घिमिरेको भनाइ थियो ।  नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा जोड दिँदै घिमिरेले छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको बताए ।