वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरकारसँग छलफल गर्न गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको टोलीलाई बोलाएको थियो । सोही आधारमा वार्ताका लागि सिंहदरबार पुगेको महासंघको टोली गेटमा रोकिएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वार्ताका लागि बोलाएको तर, गेटबाट भित्र छिर्न नदिएको बताए । भित्र छिर्न नदिएपछि छलफलका लागि नगई फर्किन लागेको बताए ।

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका थिए । सोहीअनुसार नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका थिए ।