नेबि संघका नेता – कार्यकर्ताहरुद्वारा प्रम निवास अगाडि प्रधानमन्त्रीबिरुद्ध नाराबाजी : केन्द्रीय सदस्यसहित आठजना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, १२ बैशाख २०८२।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने आठ जना नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ नेपाल विद्यार्थी संघका नेताहरूमा केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का नेता हिमाल विष्ट रहेका छन् ।

उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको बताएका थिए । शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा खुल्ला प्रतिस्पर्धा खोई ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए ।