एमाले अध्यक्ष ओलीका पिताको निधनमा पोखराका मेयर आचार्यद्वारा दुःख व्यक्त

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका श्रद्धेय पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। मेयर आचार्यले मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। उहाँले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको ओली परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको हो। मेयर आचार्यले फेसवुकमा […]
इन्धन आपूर्ति गर्ने सैन्य विमानका चार क्रु मेम्बरको मृत्यु

इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमानका चालकदलमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमले शुक्रबार सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै ६ जनामध्ये ४ चालकदल सदस्यको मृत्यु भएको जनाएको हो। दुर्घटनामा परेको विमान बोइङको केसी–१३५ स्ट्राटोट््याङ्कर हो । यस विमानले आकाशमै अन्य लडाकु विमानमा इन्धन भर्ने […]
कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलाे साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, […]
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न […]
विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो । लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका […]
इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिनअघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो । श्रीलङ्काली अधिकारीहरूका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा रहेको इरानी फ्रिगेट ‘आइआरआइएस डेना’ माथि टारपीडो प्रहार हुँदा ती […]
छल्दी खोलामा झोलुङ्गे पुल

धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको भारवहन क्षमता […]
बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने

बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । रूसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले तेलमाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने बताएको छ । बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । यसैबिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ […]
एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो । आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा […]
इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो इन्धनको […]