भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको भए लडाईं हुन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए । भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा […]
विश्व पौडेललाई गभर्नर बनाउने सहमति

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । […]
नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीद्वारा महानगर प्रमुखलाई मागपत्र पेस

पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आज पोखरा महानगर प्रमुख धनराज आचार्य, उप-प्रमुख मञ्जु देवी गुरुङ र प्रमुख प्रशासन अधिकृत शिवराज चौलागाईंलाई भेटेर मागपत्र बुझाएको छ। महानगर कमिटीका अध्यक्ष प्रेम थापा र सचिव सुरज अधिकारीसहितको टोलीले पेस गरेको मागपत्रमा पोखरा महानगरभित्रका विकास निर्माण, जनजीविका, उत्पादन, रोजगार तथा सुशासन लगायतका महत्वपूर्ण विषयहरू समेटिएको छ। […]
बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल […]
जनप्रियमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए । क्याम्पस […]
राजनीति बुझ्छु, तर गर्दिनँ : प्रधानमन्त्रीपत्नी शाक्य

प्रधानमन्त्री केपी ओलीपत्नी राधिका शाक्यले राजनीतिमा नलागे पनि राजनीति बुझ्ने र विश्लेषण गर्ने क्षमता आफूले राख्ने बताएकी छिन् । प्रेस चौतारीले सोमबार राजधानीमा आयोजना गरेको ‘करुणा’ पुस्तकमाथि सम्पादकहरूसँग संवाद कार्यक्रममा उनले पहुँच खोज्दै आउनेलाई कुनै प्रवेश नदिइएको समेत दाबी गरिन् । शाक्यले ओली प्रधानमन्त्री, मन्त्री रहँदा कोही आफन्त वा नातागोतालाई अवसर नदिइएको बताइन् । त्यस्तो कुनै प्रमाण भए […]
आज यी क्षेत्रहरुमा चट्याङ्सहित वर्षा : कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

पोखरा, हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको […]
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए। साथै […]
हैदरावादसँगको हारसँगै प्ले अफ दौडबाट बाहिरियो लखनउ

इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजस् हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो। हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो। पहिले ब्याटीङ गरेको लखनउले हैदरावालाई २०६ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्यो । यो सिजनको आइपिएलमा गुजरात, […]
४ वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिए। उनका […]