कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनसक्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनसक्नेनेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधानको धारा १७ र ३४ अनुसार उनीहरूलाई कारबाही गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार उनीहरुले विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई कारबाही गर्नुपरेको नेता विश्वकर्माको भनाई छ ।

साथै अन्य सदस्य तथा पदाधिकारीहरूलाई पार्टी काममा फर्कन समेत कांग्रेसले आव्हान गरेको छ । कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिएमा पुनर्विचार हुनसक्ने नेता विश्वकर्माको भनाइ छ ।

‘विधान धारा ३४ अनुसार १ अनुसार अकस्मात अनुशासनको कारबाही गर्नु परेकोले महामन्त्रीद्धय गगन थापा र विश्व तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको छ’, नेता विश्वकर्माले बैठकपछि जानकारी दिए ।