उत्तर कोरियाले भन्यो- दक्षिणसँग सम्बन्ध सुध्रिने सम्भावना छैन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उत्तर कोरियाले भन्यो- दक्षिणसँग सम्बन्ध सुध्रिने सम्भावना छैनउत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनकी बहिनी किम यो जोङले सम्बन्ध सुधारको सम्भावनालाई अस्वीकार गरेकी हुन् ।

सीमा क्षेत्रमा ड्रोन उडाइएको घटनापछि दक्षिण कोरियाले संवादको सम्भावना रहेको संकेत गरेको थियो । किम उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीकी उच्च तहकी सदस्य हुन् ।

ड्रोन घटना उत्तर कोरियाको सार्वभौमिकतामाथिको गम्भीर उक्साहट भएको दाबी गर्दै जोङले सम्बन्ध सुधारसम्बन्धी दक्षिण कोरियाका कुनै पनि आशा पूरा नहुने बताइन् । सेप्टेम्बर र डिसेम्बरका केही दिन सीमावर्ती क्षेत्रमा ड्रोन उडेका थिए । ती ड्रोन दक्षिण कोरियाले पठाएको उत्तरको आरोप छ । उत्तर कोरियाले सीमावर्ती क्षेत्रमा खसालिएका भनिएका ड्रोनका तस्बिर समेत सार्वजनिक गरेको छ । यो घटनापछि दक्षिण कोरियाले छानबिन गरेको थियो । ती ड्रोन आफ्ना सेनाले प्रयोग नगर्ने मोडेलको भएको उसको भनाइ छ । दक्षिण कोरियाका राष्ट्रपति ली जेए म्युङले ती घटनालाई कोरियाली प्रायद्वीपको शान्ति र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गम्भीर अपराध भनेका छन् ।