आज सुनको मूल्य तोलामा ५ हजारले बढ्यो

बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार […]

तालचोक–बेगनास सडक विस्तारमा तीव्रता, नगरप्रमुख आचार्यको पहलमा समस्या समाधान

विश्वबैंकको आर्थिक सहयोगमा ताल चोक–बेगनास सडक–खण्ड विस्तारको काम भइरहेको छ । निर्माणका क्रममा देखिएका स्थानीय समस्याका कारण सडक विस्तार कार्यमा विलम्ब भएपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार पुनः स्थानीयहरूसँग परामर्श गरेपछि समस्या सुल्झिएको छ । सो क्रममा प्रमुख आचार्यले सडक विस्तार आयोजनाको अवलोकन निरीक्षण समेत गर्नुभएको छ । सडक निर्माण कार्यमा विलम्ब हुँदा त्यस क्षेत्रका उपभोक्ताहरूले […]

सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित नेपाली राष्ट्रिय महिला टोली आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको उपविजेता बनेको छ । छनोटअन्तर्गत सुपर थ्रीको मंगलबार भएको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको हो । जितसँगै आयोजक थाइल्यान्ड एसियन छनोटको विजेता बनेको छ । नेपाल र थाइल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गरेका […]

महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा

पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको छ । नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले […]

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’ केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध […]

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका […]

बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर भाउ थोरै बढेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो। […]

जेष्ठ १५ मा पोखरा युवा नेतृत्वको केन्द्र? नेकपा एसको नजर नयाँ पुस्तामा

पोखरा,  – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिकाको पहिलो अधिवेशन जेष्ठ १५ गते हुने भएको छ। संगठन निर्माण, वैचारिक सुदृढीकरण र नेतृत्व रूपान्तरणका दृष्टिले यो अधिवेशन निर्णायक बन्ने अपेक्षा गरिएको छ। विशेषगरी पार्टीले नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासमा दिएको जोडका कारण यो अधिवेशनले युवाप्रति पार्टीको दृष्टिकोण पनि प्रस्ट पार्नेछ। नेकपा एस पोखरा महानगर […]

कञ्चनपुरमा मेलमिलापका माध्यमबाट विवाद टुङ्ग्याइँदै

शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङगो लगाउँदै आएको छ । चालु आर्थिक वर्षमा न्यायिक समितिमा दर्ता भएका १५ विवादमध्ये ११ वटा विवाद मेलमिलापको माध्यमबाट छिनोफानो गरिएको छ । दर्ता भएकामध्ये चारवटा विवाद विचाराधीन अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३३ वटा विवाद दर्ता भएकामा ३१ मा मेलमिलापको माध्यमबाट टुङ्ग्याइएको थियो । आर्थिक […]

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।