
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि झापामा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
झापा–५ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यसअघि निरन्तर जित्दै आएका ओलीसँगै प्रतिस्पर्धा गर्ने बालेनको तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् ।
उक्त तयारीलाई औपचारिकता दिँदै सोही क्षेत्रमा बालेनका लागि सम्पर्क कार्यालय खोलिएको हो ।