निर्वाचनमा कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाबारे निचोडमा पुगेका छैनौँ : महेश बस्नेत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचनमा कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाबारे निचोडमा पुगेका छैनौँ : महेश बस्नेतनेकपा एमालेका सचिव महेश अगामी चुनावमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा वा सहकार्यका लागि उच्च तहको समझदारी गर्ने बताएका छन् ।

बिहीबार नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव बस्नेतले के गर्ने भन्ने निचोडमा पुगि नसकेको भन्दै चाँडै टुङ्गोमा पुग्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेस एमाले मिलेर उम्मेदवारी दिएको र त्यो आवश्यकताको  सिद्धान्तका आधारमा गरिएको बताए ।

‘अब प्रतिनिधिसभाको हकमा रेगुलर चुनाव भयो भने पनि अझै चार पाँच दिन समय छ’, बस्नेतले भने, ‘हामी छलफलमा छौँ । प्रतिस्पर्धा गरेर जाने वा सहकार्य गरेर जाने भन्नेमा निचोडमा पुगिसकेका छैनौ । तर जे गरे पनि उच्च तहको समझदारी गरेर जान्छौँ ।’

उनले कांग्रेसको विभाजन पछिका सेटव्याक के–के आउँछन् भन्ने अहिले विश्लेषण गरिरहेको भन्दै एमालेले महाधिवेशनमा फरक मत राख्नेहरूप्रति फरक व्यवहार नगरिने दाबी समेत गरे । नेता बस्नेतले सुरेन्द्र पाण्डेले आफू चुनावमा नउठ्ने भनेकाले सिफारिस नभएको बताए ।