ट्रम्पले लगाए यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्। प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। त्यस्तै अन्य […]

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । […]

यी स्थानमा आज चट्याङसहित वर्षा हुने

पोखरा ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, […]

पोखरा-७ मा अचार बनाउने तालिम, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा अध्यक्ष आचार्यको जोड

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मा तीन दिने अचार बनाउने तालिम शुरु भएको छ । वडा कार्यालय पोखरा-७ को सहयोगमा एसएन टु एस खाद्य उद्योगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा ४८ जना सहभागी छन् । उनीहरुलाई सोनल बोगटी भुजेलले प्रशिक्षण दिनेछिन् । तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा […]

पोखरामा वृहत वृक्षारोपण अभियान सुरु, मेयर आचार्यको नेतृत्वमा शुभारम्भ

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाले “क्लिन सिटी, ग्रीन सिटी” नाराका साथ वृहत वृक्षारोपण अभियान सुरु गरेको छ। आज बाट शुरू गरियएको वृहत वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले “बिरूवा रोप्नु मात्रै पर्याप्त छैन, त्यसको संरक्षण हाम्रो दायित्व हो” भन्दै अभियानलाई दीगो र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। महानगरले यस […]

यातायात व्यवसायीको आन्दोलन फिर्ता भए सगैँ चल्न थाले गाडि

पोखरा / यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता भए सगैँ सार्वजनिक गाडि चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले हिजो आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको बताएका छन् । गण्डकीले ल्याएको नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् । प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म […]

छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “जातीय भेदभाव तथा छुवाछूत, समाज र देशको विकासमा अवरोध सिर्जना गर्ने प्रमुख समस्या भएकाले संवैधानिक र कानुनी व्यवस्था, […]

यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा […]

वडा ८ मा मादल तालिम सुरु, वडाध्यक्ष बरालले आत्मनिर्भरता र संस्कृतिको जगेर्नामा जोड

पोखरा, — पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको बताएका छन्। वडा कार्यालयद्वारा आयोजित १५ दिने मादल बजाउने तालिमको उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष बरालले तालिमले नागरिकलाई सीपमूलक र व्यावसायिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। “हाम्रो ध्यान वडावासीलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित छ,” […]