रास्वपाका वरिष्ठ नेता बालेन भाेट माग्न इलामा व्यस्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेन मत माग्न इलाम व्यस्त हुनुभएकाे छ।

उहाँ दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुग्नुभएकाे हाे । झापा–५ का उम्मेदवार समेत रहेका वरिष्ठ नेता बालेन बुधबार इलाम बजारमा जानुभएकाे थियाे । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहनुभएकाे छ। ओली त्यहाँ लगातार चुनाव जित्दै आउनुभएकाे छ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने अध्यक्ष ओली पराजित हुनुभएकाे थियाे।