फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने बताए […]
प्रतिनिधि सभा निर्वाचन : मोरङ– ३ मा सुनिल शर्मा भेटघाटमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले भेटघाटलाई तीव्रता दिएका छन् । डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ […]
सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । महामन्त्री प्रदीप पौडेलका अनुसार दिउँसो १ बजे हुने बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् । पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी छ । विशेष महाधिवेशनपछि पहिलोपटक कांग्रेसको बैठक पार्टी कार्यालयमा बस्न लागेको […]
कुलमानलाई धक्का, तीन नेताले छाडे उज्यालो नेपाल
विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ। उक्त दलका तीनजना केन्द्रीय सदस्यहरूले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी उनीहरूले बुधबार दिएका छन् । कुलमानको साथ छोड्नेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । थेगिम उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवार पनि […]
रास्वपाका वरिष्ठ नेता बालेन भाेट माग्न इलामा व्यस्त
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेन मत माग्न इलाम व्यस्त हुनुभएकाे छ। उहाँ दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुग्नुभएकाे हाे । झापा–५ का उम्मेदवार समेत रहेका वरिष्ठ नेता बालेन बुधबार इलाम बजारमा […]
अस्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्दा ३ जनाको मृत्यु, बन्दुकधारी अझै फरार
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको एक सानो सहरमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ। लेक कार्गेलिगो भन्ने स्थानमा स्थानीय समय अनुसार बिहीबार दिउँसो ४:४० बजे भएको यस घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। […]
कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै
कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ । जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र […]
आमाहरुको निर्वाचन प्रहरी बन्ने रहर
पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासका लागि जुटिरहेकी छन् । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउँछिन् । ‘‘यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको […]
अमेरिकाले युरोपेली देशमाथि लगाउने भन्सार कर तत्कालका लागि स्थगित
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यो सहमति कार्यान्वयनमा आएमा अमेरिकाका लागि मात्र नभई सम्पूर्ण नाटो सदस्य देशहरूका लागि लाभदायक हुने बताउनुभएको छ […]
आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]