फागुन २१ को चुनाव नजिकिँदै, कास्की–३ मा नेकपाको क्षेत्रीय तयारी बैठक सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नं. ३ मा क्षेत्रीय समितिको तयारी बैठक सम्पन्न भएको छ। बैठकमा करिब १०० जनाको सहभागिता रहेको थियो।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  गोपाल गिरीको उम्मेदवारीलाई सफल बनाउने विषयमा विशेष छलफल गरिएको थियो। सहभागीहरूले गोपाल गिरीको उम्मेदवारीलाई एकमतका साथ समर्थन गर्दै चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकबाट २१११ सदस्यीय मूल परिचालन समिति गठन गरिएको छ। समितिको संयोजकमा कृष्ण नेपाली, सहसंयोजकमा दुर्गा कुमारी बि.क. र प्रेम पौडेल, सचिवमा हरि भण्डारी तथा सहसचिवमा अर्जुन के.सी. चयन भएका छन्।

यसैगरी, जवस मोर्चा परिचालन समितिको संयोजकमा प्रविणा अधिकारी चयन भएकी छन् भने प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी बिबेक भुजेललाई दिइएको छ।

कार्यक्रमको अध्यक्षता अर्जुन के.सी.ले गर्नुभएको थियो। बैठकमा  TB गुरुङलाई  बिशेष अतिथि र श्रीनाथ बरालप्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बैठकमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनपरिचालन, प्रचारप्रसार रणनीति, संगठन सुदृढीकरण तथा क्षेत्रीय समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कास्की–३ मा पार्टीको पक्षमा माहोल सिर्जना गर्दै चुनावी अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।