
काठमाडौँ । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन तथा छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि पुनः विस्तार गरेको छ।
बिहीबार (आज) बसेकोन्न मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगलाई थप २० दिन समय दिने निर्णय गरेको हो। सरकारका एक मन्त्रीका अनुसार आयोगलाई तोकिएको कार्य सम्पन्न गर्न थप समय आवश्यक भएकाले म्याद बढाइएको हो।
उक्त आयोगको अवधि यसअघि पनि एक पटक विस्तार गरिएको थियो। पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल एक महिनाले थप गरेको थियो।