काठमाडौँमा प्रलोपाको निर्वाचन परिचालन सम्बन्धी कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले काठमाडौँमा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता जनार्दन शर्मा,सन्तोष परियार लगायतको सहभागितामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रलोपाका राजु रोक्का उम्मेदवार छन् ।

सञ्जय देव महर्जनको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता सन्तोष परियारले बताए ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ ।