
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । महामन्त्री प्रदीप पौडेलका अनुसार दिउँसो १ बजे हुने बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।
पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी छ । विशेष महाधिवेशनपछि पहिलोपटक कांग्रेसको बैठक पार्टी कार्यालयमा बस्न लागेको हो ।