चामलबारे ठट्टा गर्दा जापानको मन्त्रीको पद चट् !

जब जापानका कृषि मन्त्री टाकु एटोले ‘आफूले कहिल्यै चामल किन्नु नपरेको किनभने समर्थकहरूले आफूलाई ‘धेरै’ चामल उपहारमा दिने गरेका छन्’ भनेर घोषणा गरे, उनले यस अभिव्यक्तिले हासो ल्याउने आशा गरेका थिए। तर, यसको सट्टा एटोले जनताको आक्रोश कमाए, र त्यो आक्रोश यति धेरै भयो कि उनले पदबाट राजीनामा नै दिन बाध्य भए । जापानले दशकौँपछि […]
कोशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभावले बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा झापाको कन्चना मापन केन्द्रले ८ मिलिमिटर वर्षा मापन गरेको छ। मोरङ […]
राप्रपा युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ । सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको हो । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी […]
सहकार्य गरेर अघि बढ्न रास्वपालाई राजावादीको प्रस्ताव

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकार्यको प्रस्ताव गरेको छ । समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव गरेका हुन् । रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको […]
पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्य प्रभावकारी भएको निष्कर्ष

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन सहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष निकालिएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन […]
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् । बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराए । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।
आज सुनको मूल्य तोलामा ५ हजारले बढ्यो

बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार […]
तालचोक–बेगनास सडक विस्तारमा तीव्रता, नगरप्रमुख आचार्यको पहलमा समस्या समाधान

विश्वबैंकको आर्थिक सहयोगमा ताल चोक–बेगनास सडक–खण्ड विस्तारको काम भइरहेको छ । निर्माणका क्रममा देखिएका स्थानीय समस्याका कारण सडक विस्तार कार्यमा विलम्ब भएपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार पुनः स्थानीयहरूसँग परामर्श गरेपछि समस्या सुल्झिएको छ । सो क्रममा प्रमुख आचार्यले सडक विस्तार आयोजनाको अवलोकन निरीक्षण समेत गर्नुभएको छ । सडक निर्माण कार्यमा विलम्ब हुँदा त्यस क्षेत्रका उपभोक्ताहरूले […]
सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित नेपाली राष्ट्रिय महिला टोली आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको उपविजेता बनेको छ । छनोटअन्तर्गत सुपर थ्रीको मंगलबार भएको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको हो । जितसँगै आयोजक थाइल्यान्ड एसियन छनोटको विजेता बनेको छ । नेपाल र थाइल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गरेका […]
महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा

पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको छ । नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले […]