पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।तर पहिरो […]

११औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका […]

इलामबाट सुनचाँदीको जलप लगाएका गहनासहित २ भारतीय पक्राउ

 इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि […]

इजरायल र इरानबीच तनाव चर्किँयो

इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली रक्षा बल ९आईडीएफ० ले पनि राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको बताएको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो । चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ […]

पोखरामा यामाहा ब्लुफेस्ट सुरु,अफर नै अफर

पोखरामा यामाहा ब्लुफेस्ट सुरु भएको छ । यामाहाका मोटरसाइकल एक्स्चेन्ज, फाइनान्स एण्ड एक्स्पेरिएसन्स जस्ता सुबिधा फेस्टमा उपलब्ध छन् । ग्राहकलाई मध्यनजर गर्दै पोखरास्थित सिर्जनाचोक एनसेल सेन्टर अगाडि ब्लुफेस्ट आयोजना गरिएको जनाइएको छ । असार १ गते आइतबार सुरु भएको ब्लुफेस्ट असार ६ गतेसम्म चल्नेछ । ब्लुफेस्टमा यामाहाका कुनैपनि पूरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा न्युनतम […]

‘अमेरिकाको आप्रवासन नीति ठिक छैन’

अमेरिकी बहुराष्ट्रिय लगानी कम्पनी जेपी मोर्गन चेजका अध्यक्ष तथा सीईओ जेमी डिमोनले अमेरिकाको आप्रवासन सम्बन्धी नीति ठिक नभएको बताएका छन् । आप्रवासन योग्यतामा आधारित हुनुपर्नेमा उनले जोड दिए । अमेरिकाले आप्रवासन नीतिहरू राम्ररी लागू नगरेको पनि उनले बताए । पछिल्लो समयमा अमेरिकामा आप्रवासनको मुद्दा चर्किएको छ । ‘अमेरिका अपरिहार्य छ । यो अपरिहार्य यसकारण छैन कि […]

खेलकुद विकास ऐन २०७७ संशोधनका लागि संसदमा विधेयक दर्ता

खेलकुद विकास ऐन २०७७ संशोधन गर्नका लागि संसदमा विधेयक दर्ता गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठ ३० गते विधेयक दर्ता गरेका हुन् । मन्त्रीपरिषदमा जेठ १२ गते नै स्वीकृत भएर आएको यस विधेयक अहिले दर्ता गरिएको हो ।  उक्त विधेयक असार १ गते अन्य सांसदहरूलाई प्रदान गरिएको थियो । विधेयक अब प्रतिनिधिसभामा भएपछि […]

शारीरिक सुगठनमा पदक विजेता खेलाडी स्वदेश फिर्ता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाइ दिए । त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष […]

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन भएको छ । असार १ गते आइतबार ३ बजेका लागि तोकिएको बजेट सार्वजनिक गर्ने समय तालिका साँझलाई सारिएको हो ।  बजेट निर्माण प्रक्रियामा दलहरू बिच समस्या देखिए पछि बजेट प्रस्तुत गर्ने समय संशोधन गरिएको हो । मुख्यगरी बजेट निर्माणमा विषयत मन्त्रीहरूले नै असन्तुष्टि जनाएपछि समस्या देखिएको थियो […]