बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो। युरोको भाउ पनि बढेर आज एकको खरिददर […]

आज यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान […]

विद्यालयलाई लायन्सको उपहार: सरस्वती आधारभूतमा सुविधा सम्पन्न शौचालय हस्तान्तरण

पोखरा, – विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ लायन्स क्लब अफ पोखरा सिभिकले रूपा-७ स्थित सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरेको छ। नेपाल लायन्स फाउन्डेसन (एनएलएफ), डिस्ट्रिक्ट ३२५ आई, नेपालको आर्थिक सहयोगमा सम्पन्न यो परियोजनाले विद्यालयको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। मंगलबार आयोजित एक विशेष समारोहमा शौचालय भवन विद्यालयलाई […]

इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मंगलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरणस्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ। यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो। मंगलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य १५० जना घाइते भएका नागरिक […]

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल हुँदै

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय […]

म्यानपावरले अब १ हजार दिराम भन्दा कम तलबमा नेपाली कामदार यूएई पठाउन नपाउने

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन पाउने छैनन् ।सरकारले गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय […]

कांग्रेस एमाले नमिलेपछि मादी गाउँपालिकाको बजेट रोकियो

कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरूबिचको विवादका कारण बजेट प्रस्तुत गर्ने सभा नै स्थगित भएको हो । सोमबार नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याउने तयारी भइरहेका बेला सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरूबिचको विवादले गाउँसभा अनिश्चितकालका लागि रोकिएको पालिकाले जनाएको छ । यससँगै असार १० गतेभित्र […]

इरानी टेलिभिजनको दाबी : ट्रम्पले बिन्ती गरेपछि युद्धविराम

इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ । अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख […]

फेरि बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको थियो। युरोपियन […]

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र […]