डच संग्रहालयमा २०० वर्ष पुरानो कण्डम प्रदर्शन

नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित रिजक्स म्युजियममा २०० वर्ष पुरानो कन्डम प्रदर्शनमा राखिएको छ । यो कन्डम राम्रो अवस्थामा देखिन्छ । यो भेडाको एपेन्डिक्सबाट बनेको विश्वास गरिन्छ । यसमा एक भिक्षुणी र तीन पुजारीहरूको तस्वीर छ । यो दुर्लभ कलाकृति १८३० को हो र यसलाई संग्रहालयले गत वर्ष लिलामीमा किनेको थियो । यो कन्डम १९औं शताब्दीमा वेश्यावृत्ति र कामुकता […]
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छिन् । राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन् । उनले भनिन्, “राहादानी अब नागरिकको कुनै विलासिताको […]
सातौं राष्ट्रिय इन्डोर आर्चरी सुरु, ७० जना प्रतिस्पर्धामा

सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२ पोखरामा सुरु भएको छ। गण्डकी प्रदेश आर्चरी संघको आयोजना, नेपाल आर्चरी संघको प्राविधिक सहयोग सँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेका थिए। घरेलु टोली गण्डकी प्रदेश सगै कोशी र बागमती प्रदेश, तीन […]
वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन्। ‘वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’,प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ। […]
आज ज्येष्ठ शुक्ल एकादशी तुलसीको बीउ राखिँदै

पोखरा जेठ २४/ वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि […]
मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै

पोखरा जेठ २४/ मुस्लिम धर्मावलम्बी आज दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० पर्व मनाउँदैछन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा […]
माधवमाथिकाे मुद्दाबारे प्रचण्ड– राजनीतिक प्रतिशोधको गन्ध आएको छ

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालमाथिकाे भ्रष्टाचारको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्। विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको बताएका हुन्। अदालतले न्याय गर्ने भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।’ ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको विषय आफ्नो […]
शनिबार बकर इदको सार्वजनिक बिदा

भोलि शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ। मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो। २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।
१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण बन्देज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा खतरा रहेको औँल्याउँदै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन् । त्यसबाहेक सात अन्य देशका नागरिकलाई पनि सीमित प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण यात्रा प्रतिबन्ध लगाएका देशमा सोमालिया, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, अफगानिस्तान, म्यानमार, हाइटी […]
यी स्थानमा आज चट्याङसहित वर्षा हुने

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]