प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी

प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन । बैठकमा आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे छलफल […]
सरकार र यातायात व्यवसायीबीच भएको सहमति आपत्तिजनक : प्रकाश ज्वाला

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ । आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग […]
रवि लामिछानेलाई ‘झुटा मुद्दा’ लगाएको भन्दै रास्वपाले प्रतिशोध विरूद्ध वृहत अभियान चलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी, बचत अपचलन र हिनामिनामा झुटा मुद्दा लगाएको भन्दै प्रतिशोध विरूद्ध न्यायका लागि वृहत अभियान चलाउने निष्कर्ष निकालेको छ। सोमबार बसेको सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान गर्दागर्दै भने सभापति लामिछानेलाई फसाउने नियतले सरकारले झुटा मुद्दा […]
सरकार र यातायात व्यवसायीबीच केके भयो सहमति?

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति भएको छ। सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा छबुँदे सहमति जुटेको छ। सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको छ। गण्डकी प्रदेश सरकारले यसमा सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका […]
आजको मौसम कस्तो रहला ?

पोखरा, हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, […]
सङ्घ सरकारबाट पौने १२ अर्ब अनुदान, पोखरा महानगरलाई सबैभन्दा धेरै बजेट

देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो । यो […]
फेवाताल सीमाङ्कन तेस्रो दिन: रत्न मन्दिर नजिक १२ सीमा स्तम्भ गाडिए

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । तेस्रो दिन ऐतिहासिक रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनुभयो […]
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका […]
उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’ उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । सोमवार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । […]
पोखरा–७ मा ४० गर्भवती महिलालाई अन्डा र ओट्स वितरण

पोखरा, — पोखरा महानगरपालिका वडा नं. ७ ले गर्भवती महिलाहरूको स्वास्थ्य सुदृढ बनाउन पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत ४० जना गर्भवती महिलालाई ५० हजार रुपैयाँ बराबरको अन्डा र ओट्स प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मोहन आचार्यले अध्यक्षता गर्नुभयो। उहाँले कार्यक्रमको उद्घाटन गर्दै भने, “वडा कार्यालय सधैं […]