मधेसमा ३२ सिटका लागि १०४२ जनाको उम्मेदवारी दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मधेसमा ३२ सिटका लागि १०४२ जनाको उम्मेदवारी दर्ताफागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मधेस प्रदेशका ३२ सिटका लागि १ हजार ४२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशका ८ जिल्लामा विभिन्न दल तथा स्वतन्त्र गरी १ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

मधेस निर्वाचन कार्यालयका अनुसार सबै ८ जिल्लाबाट कुल १०४२ जनाको उम्मेदवारी परेको छ । यसमध्ये १०१ जना महिला र ९४१ जना पुरुष उम्मेदवार रहेका छन् । पर्साः १०९ जनाको उम्मेदवारी परेको छ, जसमा १२ महिला र ९७ पुरुष छन् ।
बाराः ११२ जनाको उम्मेदवारी परेको छ, जसमा १५ महिला र ९७ पुरुष छन् ।
रौतहटः १४३ जनाको उम्मेदवारी परेको छ, जसमा ११ महिला र १३२ पुरुष छन् ।
सर्लाहीः १३३ जनाको उम्मेदवारी परेको छ, जसमा ६ महिला र १२७ पुरुष छन् ।
महोत्तरीः १४३ जनाको उम्मेदवारी परेको छ, जसमा १८ महिला र १२५ पुरुष छन् ।
धनुषाः १५८ जनाको उम्मेदवारी परेको छ, जसमा १३ महिला र १४५ पुरुष छन् ।
सिरहाः १३९ जनाको उम्मेदवारी परेको छ, जसमा ८ महिला र १३१ पुरुष छन् ।
सप्तरीः १०५ जनाको उम्मेदवारी परेको छ, जसमा १८ महिला र ८७ पुरुष छन् ।